काठमाडौं - प्रिमियर लिगमा चेल्सीले फराकिलो जित निकालेको छ । आइतवार भएको खेलमा चेल्सीले एभर्टनको पोष्टमा ४ गोल गरेको हो । चेल्सीलाई जिताउन मासोन माउन्ट, पेड्रो, विलियन र ओलिभर जिरुले एक–एक गोल गरे ।

घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा चेल्सीले १४औं मिनेटमा माउन्टको गोलबाट अग्रता लियो । २१औं मिनेटमा पेड्रोले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो ।

खेलको ५१औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीको अग्रता तेब्बर पारे । त्यसपछि खेलको ५४औं मिनेटमा जिरुले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए ।

जितसँगै चेल्सीले २९ खेलबाट ४८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । ३७ अंक जोडेको एभर्टन अंक तालिकाको १२औं स्थानमा छ ।(