इंग्लिस प्रिमियर लिग: आर्सनलमाथि म्यानचेस्टर सिटीको सहज जित
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि सहज जित निकालेको छ। साविक विजेता सिटीले आर्सनललाई आइतबार राति भएको खेलमा ३–० गोलले पराजित गरेको हो।
सिटीका लागि केभिन डे ब्रइनले २ गोल गरे। उनले खेलको दोस्रो र ४० मिनेटमा गोल गरेका थिए। रहिम स्टर्लिङले १५ मिनेटमा अर्को गोल गरेका थिए। लिगको अर्को खेलमा टोटनह्यामले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ।
यता म्यानचेस्टर युनाइटेड र एभर्टनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको १७ खेलबाट ४९ अंक छ। दोस्रो स्थानको लेस्टर सिटीको ३९ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको ३५ अंक छ। चेल्सी २९ अंक जोडेर चौथो र टोटनह्याम २६ अंक जोडेर पाँचौ स्थानमा छन्। म्याचेनस्टर युनाइटेड २५ अंकसहित छेटौं स्थानमा छ।
फेसबुक पेज Like गर्नुहोस