पाथीभरामा केबुलकार स्टेसन निर्माण स्थगन गर्ने सहमति
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं - ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबुलकार निर्माणका क्रममा भएको आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्ने सहमति भएको छ ।
सहमतिसँगै कोशी प्रदेशका ९ जिल्लामा जारी आन्दोलनका कार्यक्रम पनि स्थगित भएका छन् ।
गृह मन्त्रालयको वार्ताटोली र आन्दोलनकारीका प्रतिनिधिहरूबीच मंगलबार भएको वार्तामा सहमति जुटेको हो ।
पाथीभरा केबुलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते विस्तृत छलफल गर्ने सहमति पत्रमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस