प्रिमियर लिग जुन दोस्रो साताबाट सञ्चालन गर्ने तयारी
काठमाडौं - मार्च महिनादेखि स्थगित रहेको प्रिमियर लिग आउने जुन ८ बाट सञ्चालन गर्ने तयारी भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार जुन ८ बाट प्रिमियर लिग सुरु गर्न सबै प्रक्रिया मिलाउन लागिएको हो ।
कोरोना भाइरसका कारण स्थगित रहेको प्रिमियर लिग सुचारु गर्न दबाब आएसँगै वातावरण निर्माणका लागि प्रक्रिया मिलाउन लागिएको हो । प्रिमियर लिग स्थगित गर्ने वा सुचारु गर्ने दुई विकल्प रहेका थिए ।अन्ततः खेल जुन ८ बाट सुरु गर्ने तयारी भएको बताइएको छ । आर्सनल, एभर्टन र वेस्ट ह्यामले खेलाडीलाई व्यक्तिगत प्रशिक्षणका लागि अनुमति दिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यस सिजन लिभरपुल प्रिमियर लिगको शिर्षस्थानमा रहेको छ । लिभरपुलको २९ खेलमा ८२ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५७ अंक रहेको छ । लिभरपुलले दुई खेलमा जित हात पारे प्रिमियर लिग उपाधि जित्नेछ ।
फेसबुक पेज Like गर्नुहोस