काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली १० दिन सिंगापुरमा उपचार गरेर फर्केको दुई दिन बितिसक्दा पनि सरकारले उनको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छैन । 

मुलुकको प्रमुख कार्यकारीको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नगराइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । 

सिंगापुरबाट गत सोमबार फर्केपछि प्रधानमन्त्री ओलीले ट्वीटरबाट स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका थिए । 

कार्यकारी प्रमुख के समस्याका कारण स्वदेशमै उपचार नभएर विदेश जानुपर्योे र उपचारपछिको अवस्था कस्तो छ भन्नेमा पारदर्शी हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ । 

कान्तिपुर दैनिकबाट