जेलबाट छुटे रोनाल्डिन्हो
एजेन्सी - ब्राजिलका पूर्वस्टार रोनाल्डिन्हो जेलबाट छुटेका छन् । नक्क्ली पासपोर्ट प्रयोग गरेका आरोपमा पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो मंगलबार जेलबाट रिहा भएका हुन् ।
नक्कली राहदानी प्रयोग गरेर पाराग्वेको रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायो नामक होटलबाट रोनाल्डिन्होसँगै उनका दाजु रोबर्टो पनि पक्राउ परेका थिए ।
पक्राउपछि उनीहरुलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो । तर, उनीहरु ३२ दिनपछि रिहा भएका हुन् । अदालतले मुद्दाको अन्तिम फैसला नभएसम्म उनीहरुलाई पाराग्वेकै होटलमा बस्न भनिएको छ ।
यसअघि अदालतले १.६ मिलियन अमेरिकी डलर तिरेर तारेखमा छुट्न सक्ने बताए पनि उक्त रकम तिर्न नसक्दा उनीहरु जेलमै बसेका थिए । रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस