मोनाकोमाथि पीएसजीको शानदार जित
काठमाडौं - लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मोनाकोमाथि शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–१ गोल अन्तरले हराएको हो ।
घरेलु टोलीलाई पराजित गर्ने क्रममा पीएसजीका लागि केलियन एम्बाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गरे । मोनाकोका तैमौके बकायोकोले एक गोल फर्काए ।
खेलमा अग्रता पीएसजले एम्बाप्पेको गोलबाट २४ औ मिनेटमा लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए ।
सर्बियाले ७२ औ मिनेटमा पीएसजीलाई ३–० ले अघि बढाए । खेल सकिन ३ मिनेट अगाडी घरेलु टोली मोनाकोका बकायोकाले एक गोल फर्काएका थिए । अन्तिम ईन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए ।
जितसंगै पीएसजीले २० खेलबाट ४९ अंक जोडेको छ । उसले लिगमा स्पष्ट ८ अंकको अग्रता लिन सफल भएको छ । मोनाको २९ अंक सहित तालिकाको नवौं स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस