एजेन्सी - फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यूईएफएद्धारा सोमबार गरिएको कोरोना परिक्षणमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्डको साँझ रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिएसँगै एम्बाप्पेले मंगलबार राति नेसन्स लिगमा क्रोएसियाबिरुद्ध हुने खेल गुमाउने भएका छन् । उनलाई कोरोना देखिए लगत्तै घर फर्काइदिएको फ्रान्स फुटबल महासंघले जनाएको छ ।

फ्रान्सले घरेलु मैदानमा मंगलबार राति क्रोएसियासंग प्रतिस्पर्धा गर्दैछ । यसअघि गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।