काठमाडौं - संघीय संसद्का सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् । 

सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग छानबिन माग गरेका हुन् । 

सभापतिहरुले शुक्रबार सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई भेटी गुणस्तरहीन गाडी फिर्ता गराउन ध्यानाकर्षण गराए ।

उनीहरुले गाडी खरिद प्रकरण छानबिन गर्न संसद्का तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुपर्ने मागसमेत गरे ।

गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी सभापतिहरुका लागि गाडी खरिद गरिएको हो । टेन्डरबाट गरिद गरिए पनि गाडीका पार्टपुर्जा नक्कली हालिएका हुन सक्ने सभापतिहरुको आशंका छ ।

 कान्तिपुर दैनिकबाट