पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा
एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाईनलको खेलमा जर्मन क्लब आरबी आईपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै पीएसजी फाईनलमा पुगेको हो ।
पीएसजीको जितमा एन्जल डी मारियाले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल गरे । खेलको १३ औं मिनेटमा डी मारियाको फ्रिकिकमा मार्किन्होसले हेडमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्तिम समयमा नेयमारको पासलाई सदुपयोग गर्दै डी मारियाले अग्रता दोब्बर बनाए । ५६ औं मिनेटमा डी मारियाको पासमा जुआन बर्नाटले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे ।
योसँगै च्याम्पियन्स लिगको ईतिहासमा पीएसजीले पहिलो पटक फाईनलमा स्थान सुरक्षित गरेको हो । फ्रान्सेली क्लबलको उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासंग खेल्नेछ ।
फेसबुक पेज Like गर्नुहोस