काठमाडौं - रियल मड्रिड लिजेण्ड रोबर्टो कार्लोसले इन्टर मिलान छोड्नुको कारणबारे बोलेका छन् । उनले रियल जाने निर्णय लिन आफुलाई १० मिनेट पनि नलागेको बताएका छन् । सन् १९९५ मा उनी इन्टर मिलानमा रहेका थिए ।

उनी लेफ्ट विंगबाट उत्कृष्ट खेल प्रदर्शन गरिरहेका थिए तर, उनलाई भनेजस्तो खेल्ने पोजिशन नदिएपछि उनले इन्टर छोडेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले खेलिरहेको पोजिशन परिवर्तन गर्न लगाइयो । मैले आफ्नो पोजिशनबाट खेलरहँदा सात गोल गरिसकेको थिए । क्लब प्रमुख मासिमोलाई मैले भनेको थिए कि म फरवार्ड लाइनमा तीन महिनाको अन्तरालमा खेल्न सक्दिन । त्यसै बखत रियलका प्रमुखसँग मेरो मिटिंग रहेको थियो । अन्ततः १० मिनेटमा मैले रियल जाने निर्णय गरे ।’

इन्टर मिलान छोडेपछि उनले रियलमा ११ वर्ष बिताए । उनले रियलबाट चार वटा ला लिगा उपाधि जित्न सफल भए । त्यस्तै तीनवटा च्याम्पियन्स लिगको उपाधि जित्न सफल भए ।