काठमाडौं - नेपालकी चर्चित महिला पौडिबाज गौरिका सिंह १३ औं सागमा स्वर्ण जित्न चुकेकी छन्।सय मिटर ब्याकस्ट्रोकमा उनी रजत पदकमा सीमित भएकी हुन्।

गौरिकाले निर्धारित दुरी १ मिनेट ०३.१५ सकेन्डमा पुरा गर्दा भारतकी मान्न राजिव पाटेल स्वर्ण जित्न सफल भइन्।पाटेलले १ मिनेट ०२.३५ सेकेन्डमा निर्धारित दुरी पार गरिन्।

गौरिकाले जारी सागमा दुई स्वर्ण जितिसकेकी छिन्। यसअघि जारी प्रतियोगितामा गौरिकाले २ सयमिटर फ्रिस्टाइलमा स्वर्ण जित्दा, २ सयमिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण हात पारेकी थिइन्।