काठमाडौं - पेरिस सेन्ट जर्मेन (पीएसजीले) माउरो इकार्डीसँग स्थायी सम्झौता गरेको छ ।

फ्रेन्च च्याम्पियन पीएसजीले अर्जेन्टिनी फरवार्ड इकार्डीलाई ५२ मिलियन पाउण्ड खर्च गरेर ईटालियन क्लब ईन्टर मिलानबाट स्थायी रुपमा अनुबन्धन गरेको हो । पीएसजीले इकार्डीसँग चार वर्षका लागि सम्झौता गरेको छ । ईकार्डी अब पीएसजीमा सन् २०२४ सम्मै रहनेछन् ।

ईन्टरबाट लोनमा आएका इकार्डीले पहिलो सिजनमै लिग वानको उपाधि समेत जिते । उनले यस सिजनमा पीएसजीका लागि ३१ खेल खेल्दै २० गोल गरेका थिए । २७ बर्षका ईकार्डीले अर्जेन्टिनाबाट ८ अन्तराष्ट्रिय क्याप समेत जितेका छन् । इकार्डी पीएजीमा खेल्ने १६औं अर्जेन्टाइन खेलाडीसमेत हुन् ।