काठमाडौं - इङ्गलिस प्रिमियर लिगमा लिभरपुलले २५ अंकको स्पष्ट अग्रता लिएको छ ।

शनिबार भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई २(१ गोल अन्तरले पराजित गर्दै अग्रता बढाएको हो । खेलमा लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । बर्नेमाउथका कलुम विल्सनले एक गोल गरे ।

एनफिल्डमा खेलको नवौं मिनेटमा विल्सनले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि खेलको ३३ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २(१ को जित दिलाए ।

जितसँगै लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाएको छ । बर्नेमाउथ २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।