काठमाडौं - राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

निर्वाचन आयोगले मंगलबार दल दर्ता गरी त्यसको प्रमाण पत्र उपलब्ध गराएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए ।

सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए । आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।