काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

एक सूचना जारी गर्दै प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतबार गृह मन्त्रालयमा बसेको बैठकले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको जानकारी दिएका छन् ।

‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु हुन,’ सूचनामा उल्लेख छ।

त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गर्नुपर्ने बताइएको छ । ‘सरकारी वा संस्थागत कामका काठमाडौं बाहिर जानुपर्ने भए सम्बन्धित संस्थाको सिफारिस पत्र सहित यस कार्यालयमा सम्पर्क राख्नु हुन’ सूचनामा भनिएको छ ।