काठमाडौं - स्पेनीस ला लिगामा रियाल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । करिम बेन्जिमाले अन्तिम समयमा गरेको गोलले रियाललाई हारबाट बचायो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दोस्रो हाफमा भ्यालेन्सियाले अग्रता लिएको थियो । ७८ औं मिनेटमा सोलेरले गोल गर्दै घरेलु टिमलाई एक शुन्यले अगाडी राखे ।

तर त्यो त्यो अग्रता १५ मिनेटपनि टिक्न पाए । खेलको इन्जुरी समयमा करिम बेन्जिमाले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए । अन्तिम समयमा रियलका गोलकिपरपनि अगाडी बढेको खेलमा थियोबाउट कार्टियोसको हेडलाई भ्यालेन्सियाका गोलकिपर रोके । तर रिबाउन्डमा बेन्जिमाले गोल गर्न सफल भए ।

जसका कारण रियलले गुमाइसकेको अंक हासिल गर्यो । यो बराबरीले रियलले बार्सिलोनासँग अंक बराबरी गरेको छ । अब बार्सिलोना र रियल विच हुने एल क्लासिकोले लिगको लिडर छुट्याउनेछ । दुबै टिमको समान १६–१६ खेलमा ३५ अंक छ ।