युभेन्टस् कोपा इटालियाको सेमिफाइनलमा
खबर एक्सप्रेस
२०७६-१०-०९ ११:०० मा प्रकाशित
Total Shares: 457
काठमाडौं - इटालियन क्लब युभेन्टस् कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति एलियान्जा स्टेडियममा भएको खेलमा पाहुना टोली ए एस रोमालाई ३-१ गोल अन्तरले हराएको हो । युभेन्टस्को जितमा क्रिस्टीयानो रोनाल्डो, रोड्रिगो बेन्टेनकर र लियोनार्दो बोनोचीले समान एक एक गोल गरे ।
पहिलो हाफमा रोमामाथि हाबी बनेको युभेन्टस्ले सबै गोल पहिलो ४५ मिनेटमा गरेको हो । २६ औँ मिनेटमा रोनाल्डो गोलबाट अग्रता लिएको युभेन्टस्ले ३८ औँ मिनेटमा रोड्रिगोले अग्रता दोब्बर बनाए ।
त्यस्तै पहिलो हाफको इन्जुरी समयमा बोनोचीले गोल गरे । रोमाले भने एक गोल उपहार पाएको हो ।
युभेन्टस्का गोलकिपर बुफनले आत्मघाती गोल गरेपछि उसले खाता खोलेको हो ।
फेसबुक पेज Like गर्नुहोस