काठमाडौं - संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको मदतान प्रक्रिया सुरु भएको छ । 

निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभामा मदतान प्रक्रिया सुरु भएको हो । 

निशान छापमा अंकित नेपालको नक्सालाई नेपालको सीमा अनुकुल परिवर्तन गर्नका निम्ति संविधान संशोधन हुन लागेको हो ।भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक मत छन् । 

यसअघि प्रतिनिधिसभामा जेठ २७ गते संशोधन विधेयकमाथि विचार गरियोेस् भन्ने सरकारको प्रस्तावका पक्षमा सबै दल एक भएका थिए।