काठमाडौं - भारतीय महिला फुटबल लिगमा नेपाली खेलाडी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

शुक्रबार भएको फाईनलमा गोकुलमलाई च्याम्पियन बनाउन निर्णायक गोल गरेकी सावित्राले प्रतियोगितामा १६ गोल गरेकी हुन् ।

सर्वाधिक गोलकर्ता बन्दै सावित्राले एक लाख भारतीय रुपैयाँ प्राप्त गरिन् । शुक्रबार भएको फाईनलमा सावित्रा प्रेरित गोकुलमले क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले हराउँदै भारतीय लिगको उपाधि जितेको थियो ।

गत सिजन सेथुबाट ब्यवसायीक भारतीय लिग खेलेकी सावित्राले नयाँ सिजन गोकुलमलाई रोेजेकी थिईन् ।