काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित एन्फा कप्लेक्समा भुपेनले तेक्वान्दोतर्फ नेपालका लागि १२ औं स्वर्ण दिलाएका हुन् । 

भूपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । भूपेनले स्वर्ण जितेसँगै १३ औं साग अन्तर्गत तेक्वान्दोका सबै इभेन्ट सकिएका छन् । यो नेपालले सागको यो सिजनमा जितेको १२ औं स्वर्ण हो ।