काठमाडौं - सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त बेचन झालाई थुनामा राख्नुको कारणबारे जवाफ मागेको छ ।

बिहीबार सर्वोच्च न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले झाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा उनीविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर भएको थियो । हाल उनी उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् । झाले आफूलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।