काठमाडौं - पोखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) आजबाट सुरु भएको छ । पोखरास्थित पोखरा क्रिकेट रंगशालामा साढे एघार बजे पछि शुरु हुने उद्घाटन खेलमा पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग स्पर्धा गर्दै छ ।

सरद भेशावाकरको कप्तानीमा रहेको पोखरा र ज्ञानेन्द्र मल्लाको कप्तानीमा रहेको काठमाडौंको पहिलो खेलमा जितको कसरतमा हुनेछन् ।

टिमका कप्तान मल्लले उपाधि जित्ने लक्ष्यका साथ पोखरा आएको बताएका छन् । यसैगरी पोखरा पल्टनका कप्तान भेषावकरले गत संस्करणको जस्तै प्रदर्शनलाई निरन्तरता दिएर उपाधि रक्षा गर्ने अभियान शुरु गर्ने बताए ।

क्विन्स इभेन्टले आयोजना गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । खेलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुजले प्रतिस्पर्धी गर्ने छन् ।