काठमाडौं - आजदेखि नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला शुरू हुँदैछ।

शृङ्खलाको उद्‌घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।

खेल आज मध्याह्न १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् ।

शृङ्खलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ ।