गैंडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०८१-०८-०८ ०२:५२ मा प्रकाशित
Total Shares: 15
नवलपरासी - गैंडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
खेतमा आलु रोप्दै गरेका एक किसानको गैंडाको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यबिन्दु नगरपालिका-६ भण्डाराका ६५ वर्षीय कृषक नाथुराम थारुको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।
आलु रोप्दै गरेका थारुलाई शनिबार बिहान पौने ११ बजे खेतमै गैंडाको हानेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस