क्रिस गेलको कोरोना रिपोर्ट ‘नेगेटिभ’
खबर एक्सप्रेस
२०७७-०५-०९ ०८:१२ मा प्रकाशित
Total Shares: 735
काठमाडौं - वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलको कारोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना रिपोर्ट नेगेटिभ आएसंगै उनी अब आइपिएलको बन्द प्रशिक्षणमा भाग लिने भएका छन् ।
इन्डियन प्रियिमर लिग (आइपिएल) आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ।
उनी पञ्जाबका मुख्य खेलाडी हुन्। यसअघि नै युएई पुगिसकेको वेष्ट इन्डिज टिम अहिले क्वारेन्टाइनमा बसिरहेको छ। गेलले गत जनवरीमा बंगलादेश प्रिमियर लिग खेलेका थिए।
फेसबुक पेज Like गर्नुहोस