प्रहरीलाई चक्कु प्रहार गर्ने दुईजना पक्राउ
डडेल्धुरा - प्रहरीलाई चक्कु प्रहार गर्ने २ जनालाई डडेल्धुरा प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–९ ढाँटगाउँका २५ वर्षका राजेश पाल र सोहि ठाउँका २३ बर्षिय रमेश पाललाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए ।
बुधबार अमरगढी नगरपलिका–७ पोखरास्थित बुन्ढुनी पर्व मनाउने क्रममा दुवैले मादक पदार्थ सेवन गरि बजारमा गाली गलौज गर्दै हिडिरहेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा प्रहरीलाई चक्कु प्रहार गर्न खोजेका थिए ।
उनीहरुलाई बुधबार नै नियन्त्रणमा लिइएको डडेल्धुरा प्रहरीले जनाएको छ । उनीहरुमाथि ‘सार्वजनिक शान्ति विरुद्ध’को मुद्दा चलाई आवश्यक अनुसन्धान भईरहेको न्यौपानेले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस