भैरहवा - रुपन्देहीमा गोली प्रहार गरी १ जनाको हत्या गरिएको छ ।

रोहिणी गाउँपालिका- ३ स्थित रोहिणी गोला नजिक गोली प्रहार गरी १ जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो । मृतक कुर्मीको बायाँ कुममा गोली लागेर उनको ज्यान गएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार मृतक कुर्मीले भैरहवास्थिती एक बैंकबाट रकम निकालेर घरतर्फ जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा सवार २ जना लुटेरा कुर्मीलाई गोली हानी उनीसँग भएको रकम समेत लुटेर फरार भएका छन् ।