एजेन्सी - स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा दुवैले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २० औं मिनेटमा बार्सिलोनाका लुईस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफअन्तर्गत ५० औं मिनेटमा सेल्टा भिगोका फिडोर स्मोलभले गोल गर्दै बराबरी गरे । यसैगरी ६७ औं मिनेटमा स्वारेजले नै व्यक्तिगत दोस्रो गोल गरे ।

यता ८८ औं मिनेटमा लागो आस्पासले गोल गरेर सेल्टालाई हारबाट जोगाए । बराबरी खेलेसँगै बार्सिलोनाको ३२ खेलबाट ६९ अंक रहँदा तालिकाको शीर्ष स्थानमा छ ।

बार्सिलोनालाई थप दवाब परेको छ । १ खेल कम खेलेको रियल मड्रिडको ६८ अंक छ । सेल्टा भिगो पनि ३२ खेल खेलेको छ । जसमा ३४ अंकसहित तालिकाको १६ औं स्थानमा छ ।