काठमाडौं - स्वतन्त्रता दिवसमा लालकिल्लामा भाषण दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई सिंगल युज प्लास्टिकबाट मुक्त बनाउन आह्वान गरेका थिए । उनले २ अक्टुबरमा गान्धी जयन्तीमा यस अभियान सुरु गरे ।

अहिले सुपरस्टार आमिर खान मोदीको समर्थनमा देखिएका छन् । ‘माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगल युज प्लास्टिक बन्द गर्ने जुन प्रयास छ, यसमा हामीले समर्थन गर्नुपर्छ । यो हाम्रो जिम्मेवारी हो,’ आमिरले ट्विटरमा लेखेका छन् । यता, टिप्पणीकर्ताहरूले आमिरलाई ट्रोल गर्दै उनलाई कस्मिर मुद्दामा बोल्न दबाब दिइरहेका छन् । 

पछिल्लोपटक निर्देशक विजयकृष्ण आचार्यको असफल फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा देखिएका आमिर अहिले ‘लालसिंह चड्ढा’को तयारीमा व्यस्त छन् । यो फिल्म ६ वटा विधामा ओस्कार अवार्ड जित्न सफल ‘फरेस्ट गम्प’ को आधिकारिक हिन्दी रिमेक हो ।