काठमाडौं - प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

सामाजिक सञ्जालमा आएको उक्त भिडिओ चितवनको रहेको खुलेको छ । भिडिओमा कुटपिटमाथि कुटपिट गर्ने प्रहरी चितवनको भरतपुरस्थित अस्थायी प्रहरी विट गणेशस्थानमा कार्यारत प्रहरी सहायक निरीक्षक(असई) बुद्धि बहादुर घर्ती भुजेल रहेको चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।

उनलाई प्रदेश प्रहरी कार्यालयको समन्वयमा तत्काल निलम्बन गरिएको एसपी मिश्रले बताए । घटना १ महिना अगाडि भएको र छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।

प्रहरी कर्मचारीहरुले सडकमा दुई/तीन वटा मोटरसाइकल रोकेर चेकजाँच गरिरहेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । युवामाथि सडकमै एक प्रहरीले ‘बुट’ बजारेको भिडियो भाइरल, अनुसन्धान गर्दै प्रहरी अर्को पनि पढ्नैपर्ने

युवामाथि सडकमै एक प्रहरीले ‘बुट’ बजारेको भिडियो भाइरल, अनुसन्धान गर्दै प्रहरी सडकको छेउमा केही युवाहरु पनि उभिरहेका छन् । त्यही क्रममा प्रहरी कर्मचारीले कोलाई फोन गर्ने ? पावर देखाको भन्दै निर्घात कुटपिट गरेको सुन्न र देख्न सकिन्छ ।