काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति निवासमा भेटवार्ता भएको हो ।

भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको बताइएको छ । प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए ।

त्यसअघि, शनिबारै बालुवाटारमा नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबीच छलफल भएको थियो ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।