१३ वर्षपछि शिल्पाको 'कमब्याक'
खबर एक्सप्रेस
२०७६-०४-१७ ११:०० मा प्रकाशित
Total Shares: 1004
काठमाडौं - बलिउड अभिनेत्री शिल्पा शेट्टी १३ वर्षपछि पर्दामा देखिने भएकी छिन् । ४४ वर्षीया शिल्पा ‘निकम्मा’ नामक फिल्मबाट ‘कमब्याक’ हुन लागेकी हुन् ।
नी अभिनेता अभिमन्यू दसानी र अभिनेत्री शर्ली सेतियाका साथ फिल्म ‘निकम्मा’ मा देखिन लागेकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्मलाई सब्बिर खानले निर्देशन गर्ने बताइएको छ ।
शिल्पाले यसअघि अन्तिम पटक २००७ मा फिल्म ‘अपने’ मा अहम् भूमिका निर्वाह गरेकी थिइन् । सोही वर्ष उनी ‘लाइफ अन अ मेट्रो’ मा देखिएकी थिइन् । त्यसपछि ठूलो पर्दाबाट हराएकी शिल्पा टेलिभिजन ‘रियालिटी शो’ मा भने सक्रिय थिइन् ।
फेसबुक पेज Like गर्नुहोस