काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि सहज जित निकालेको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको सुदूरपश्चिमले शानदार जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।

सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको हो । जनकपुरले पहिलो हार भोगेसँगै सुदूरपश्चिमले भने लिगमा चौथो जित निकालेको छ।

सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरीह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो ।

यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ ।

५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुई/दुई विकेट लिए ।

सैफ जैब र नरेन साउदले समान एक/एक विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिलो बलमै विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । समान अंक भएपनि नेटरनरेटमा सुदूरपश्चिम अघि छ ।