काठमाडौं - कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई आज स्वर्णलक्ष्मी सहकारी ठगीमा बयानका लागि पोखराबाट काठमाडौं ल्याउन लागिएको हो ।

सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएपछि बयानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको बताइएको छ ।


उनीविरुद्ध स्वर्णलक्ष्मीको बचत अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतले मङ्सिर २ गते पक्राउ गर्न आदेश भएको थियो।

गत २ कार्तिकमा सीआईबीको टोलीले सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।