धनगढी - गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् ।

प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

आजसम्म पनि मन्त्री हेरफेर गर्ने कुरामा कुनै छलफल नभएको गृहमन्त्री लेखकले बताए । प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने उनले बताए ।