काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक विजेता पोखरा पल्टनले विजयी सुरुवात गरेको छ ।

पोखरा क्रिकेट रंगशालामा आज भएको उद्घाटन खेलमा पोखराले काठमाडौं गोल्डेनमाथि ९ विकेट को शानदार जित पार्दै विजयी सुरुवात गरेको हो ।काठमाडौंले दिएको ११५ रनको लक्ष्य पोखराले १४ दशमलव १ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भट्यायो ।

पोखराको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । उनले अविजित ६५ रनको योगदान दिए । यस्तै रबिइन्दर सिंहले ३८ रन बनाए भने आसिफ शेखले १४ रन जोडे ।बलिङतर्फ काठमाडौँका सुशन भारीले १ विकेट लिए ।

यसअघि घरेलु टोली पोखराले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले खराब सुरुवात गरेको थियो । काठमाडौंले ११ औं ओभरमा ५ विकेट गुमाएर ५० रन पुरा गरेको थियो ।

काठमाडौँलाई उकास्न सुबोध भाटीले सर्वाधिक ४५ रनको योगदान दिए । यस्तै गौरभ तमोरले १३ रन बनाए । अन्य व्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेका छन् ।बलिङतर्फ पोखराका कुशल मल्ल, रशिद खान र ललित नारायण राजबंशीले समान २र२ विकेट लिए । यस्तै प्रथामेस डाके र सर्वोजित लड्डाले १/१ विकेट लिए ।