काठमाडौं - रास्वपा सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइने भएको छ ।

सहकारी ठगी प्रकरणमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई बुधबार जिल्ला अदालत चितवनले प्रहरीको जिम्मा लगाएको थियो ।

थुनछेक बहस नसकिएकाले आज फेरि अदालतमा उपस्थित गराउन लागिएको हो । न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई प्रहरीको जिम्मा लगाएको थियो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछाने बुधबार नै जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो ।