काठमाडौं - नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

आज बसेको स्याथी कमिटी बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेका छन् ।

पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिमा रहेकाहरूलाई संविधान संशोधन सुझाव कार्यदलमा राखिएको हो।