काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोस्रो भेलामा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन्।नेता सिटौलाले अहिले सरकारको नेतृत्व केपी ओलीले गरेपनि पहिलो पार्टी र विभिन्न परिवर्तनमा खेलेको भूमिकाका आधारमा कांग्रेसले नै सरकारलाई नीतिगत नेतृत्व दिनुपर्ने बताए।

कांग्रेसकै नेतृत्वमा तीनै तहका सरकारलाई जनताप्रति अधिकतम काम गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ।सिटौलाले पार्टी र सरकारबीच समझदारी नहुँदा मुलुकमा धेरै दुर्घटना भएकाले अब पार्टी र सरकारबीचमा राम्रो समझदारी हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको धारणा राखे।