काठमाडौं - सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका ११ जनाको शव आज परिवारले बुझेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन्।

विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने बताईएको छ । केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ ।

बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो ।

दुर्घटनामा १८ जनको मृत्यु भएको थियो । यसअघि शुक्रबार ६ जनाको शव परिवारले बुझेका थिए । को-पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एक जनाको शव परिवारलाई बुझाइएको थियो ।