निजगढ विमानस्थल निर्माणमा स्थानीयको साथ आवश्यक छ : नेता नेपाल
निजगढ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आइपुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताए ।
वातावरणको नाममा यो ठाउँबाट विमानस्थल अन्यन्त्र लैजाने षड्यन्त्र भएको भन्दै नेता नेपालले पैसा तथा वातावरणको बाहनामा निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल अन्यन्त्र लान नसकिने बताए । उनले कागजमा निजगढको नाम राखेर निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी वा पोखरा जाने डर आफूलाई पनि रहेको बताए ।
निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई गतिदिन नेपाल सरकारले केही दिन पहिले निजगढ र सिराहामा भेला राखेको पनि उनले बताए । बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाले एकै स्वरमा निजगढमा विमानस्थल बनाउनका लागि उचित रहेको बताएका नेता नेपालको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस