काठमाडौं - सहकारी ठगी प्रकरणमा पक्राउ परेका प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

छातीमा समस्या आएपछि जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको हो । बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो । जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए ।

एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।