काठमाडौं- देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको हो ।हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए ।हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो ।