काठमाडौं  - नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको कोरोना बिमा गराएको छ । क्यानले १८ जना महिला क्रिकेटरहरुको कोरोना बिमा गराएको विज्ञप्तीमा उल्लेख छ ।

क्यानले यसअघि पुरुषतर्फ राष्ट्रिय टिमका खेलाडी, ग्राउन्ड स्टाफ र सपोर्ट स्टाफ गरी पहिलो चरणमा ५१ जनाको कोरोना बिमा गराएको थियो । तर, पुरुषतर्फ मात्र कोरोना बिमा गराएको भन्दै आलोचना भएको थियो ।

कोरोनाको संक्रमणका कारण क्यानले आफ्ना गतिविधि स्थगित गरेको छ ।