साग : पुम्सेमा महिला १७-२३ ले थप्यो नेपाललाई अर्को स्वर्ण
खबर एक्सप्रेस
२०७६-०८-१६ ११:०० मा प्रकाशित
Total Shares: 865
काठमाडौं - दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत तेक्वान्दोतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ।
नेपालका लागि छैटौं स्वर्ण पदक पुम्से विधाको महिला १७.२३ वर्ष उमेर समूहबाट हात परेको हो ।
नेपालका लागि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट प्रतिस्पर्धाबाट अर्को स्वर्ण थपेका हुन्।
नेपाली टिमले ७.९८० अंक ल्याएर प्रथम, भारतले ७.९७० अंक ल्याएर दोस्रो र बंगलादेशले ७.७६० अंक ल्याएर तेस्रो स्थान प्राप्त गरेको छ । यो जितसंगै नेपालले १४ स्वर्ण पदक पाएको छ ।
फेसबुक पेज Like गर्नुहोस