काठमाडौं - मलेसियामा जारी एसीसी यू(१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा नेपालले आज ९सोमबार० आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेको हो । साबिकको विजेता समेत रहेको नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा भिम सार्कीले अविजित रहदै ३३ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले अविजित ३१ रन बनाए । मलेसियाका हैकल मोहमद खेरले २ तथा मुहमद आमीरले १ विकेट लिए ।

यस्तै पवन सर्राफले १८ रन जोड्दा रित गौतम ३ तथा खड्क बोहोरा सुन्य रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

नेपाली बलर चम्किएको खेलमा मलेसियाका मुहमद आमिरले सर्वाधिक २४ रन बनाए । यस्तै हैकल मोहमद खेरले १२,वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन बनाए ।

नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।फाइनल खेल मंगलबार हुनेछ ।