चितवन - भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।